कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

वासिङ्टन, १६ साउन । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन्।

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उनी आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनी सङ्क्रमणमा परेका थिए ।

दिनमात्र अघि आइसोलेसनबाट निस्किएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिएका ।

डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताएका छन् ।

उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेका छन् र उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्ने भएको छ ।

उनान्असी वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।

उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *