विभागले भन्यो, ‘१० अर्वको खरीद भएकै होइन, अनियमितता पनि भएको छैन्’
सार्वजनिक गरिदियो बर्षभरीमा खरीद सम्झौता गरिएका ४१ वटा फर्महरु
काठमाडौँ, १२ साउन । स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०७८ /०७९ मा करीब १ अर्व ९३ करोडको खरीद सम्झौँता भएको बताएको छ ।
तीन दिन अघि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको सचिवालयले विभागले १० अर्वको औषधि तथा उपकरण खरीद गरेको र त्यसमा व्यापक अनियमिता गरेको आरोप लगाउँदै व्यवस्थापन महाशाखा अन्तरगर्त आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई बयानका लागि बोलाएको थियो । त्यस लगत्तै व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनी र डा चौरसियाले राज्यमन्त्रीलाई आरोप गलत भएको बताएका थिए ।
त्यसको तीन दिन पछि महाशाखाले पुन: लिखित रुपमा खरीदबारे स्पष्टीकरण दिएको छ ।
निर्देशक डा मरासिनीद्धारा जारी विज्ञप्तीमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरिएको छ ।
त्यसमा भनिएको छ, ‘आर्थिक बर्ष २०७८ ०७९ मा समाचारहरुमा उल्लेख गरिए जस्तो १० अर्वको नभई २ अर्व ४५ करोड अनुमानि लागतको खरीद प्रक्रिया सुरु गरी करीब १ अर्व ९३ करोडको खरीद सम्झौँता भएको छ । गतवर्ष सुरु भएका ७० वटा खरीद क्रियाकलापहरु मध्ये ५७ वटा क्रियाकलापका ६३ वटा खरीद सम्झौँता भएको छ । ती सम्झौँता ४१ वटा फरक फरक फर्मसंग भएको छ ।’
महाशाखाले खरीदका लागि सम्झौँता भएका फर्महरुको समेत सूची सार्वजनिक गरिदिएको छ ।
हेर्नुहोस विज्ञप्ती र खरीद सम्झौँता गरिएका फर्महरु
सम्पर्क इमेल : [email protected]