ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ बाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह
काठमाडौँ, १२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरूलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रूपमा नै विस्तार भइरहेको छ। त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ।’
उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताएका छन्। राष्ट्रपति बाइडेनले भने, ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ। म मात्र होइन, अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ।’
आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन्।
यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरू अपनाउन पनि उनले सबैलाई आग्रह गरे। उनले सबै अमेरिकी नागरिकहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्क लगाउन पनि आग्रह गरेका छन्।
कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ। त्यसैले अमेरिकी अधिकारीहरूले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन्।
सम्पर्क इमेल : [email protected]