बर्दिया अस्पतालमा रगत पूर्णरुपमा निशुल्क

बर्दिया, २ साउन । बर्दिया अस्पतालमा बिरामीका लागि चाहिने रगत अब निशुल्क उपलव्ध हुने भएको छ । अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा संचालित रक्त संकलन तथा भण्डारण केन्द्रबीच आइतबार सम्झौँता भएपछि बिरामीले रगत निशुल्क पाउने भएका हुन् । यसअघि रगत निशुल्क भनिएपनि बिभिन्न परीक्षणका नाममा बिरामीले पैसा तिर्नुपर्दथ्यो ।

आइतबारको सम्झौँता अनुसार बिरामीका लागि रेडक्रसले आवश्यकता अनुसार रगत उपलव्ध गराउने र त्यसको लागि आवश्यक सम्पूर्ण सोधभर्ना अस्पतालले महिनाको अन्तममा गरिदिने उल्लेख छ ।

रगत लिनका लागि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस पत्र हुनुपर्ने छ ।

सम्झौँता १ साउन हिजोबाट नै लागू हुने बताईएको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *