स्वास्थ्यको ठेक्कापट्टा र टेन्डरमा१ प्रतिशत कमिसन माग्ने पञ्जावका स्वास्थ्यमन्त्री बर्खास्त

भारत । आम आदमी पार्टीले पञ्जावका स्वास्थ्य मन्त्री डा विजय सिंगलालाई बर्खास्त गरेको छ । स्वास्थ्य विभागबाट हुने हरेक काम र टेन्डरमा १ प्रतिशत कमिसन माग्ने गरेको थाहा पाएपछि मुख्य मन्त्री भगवंत मानले डा सिंगलालाई बर्खास्त गरेका हुन् ।

बर्खास्तीपछि पञ्जाव पुलिसको एन्टी करप्सन विंगको टोली आएर उनलाई गिरफ्तार गरेको छ । उनीविरुद्ध भ्रष्टाचार गरेको केश दर्ता गरेको पञ्जाव पुलिसले जनाएको छ ।

प्रहरी थानामा पुगेका उनलाई प्रहरी अधिकारीहरुले आरोपबारेमा सोधपुछ गरेका थिए । प्रहरीले त्यसलगत्तै मोहाली अदालतमा लगेर ३ दिन अनुसन्धानका लागि म्याद थप गरेको छ ।

२८ मार्चमा भएको एक कार्यक्रममा सिंगलाले त्यसबेला आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उदघोष गरेका थिए । उनले भ्रष्टाचारमा सून्य सहनशीलता अपानाउने दावी गरेका थिए । सो दावी गरेको ५७ दिनमा मुख्य मन्त्री भगवंत मानले पदबाट बर्खास्ती गरिदिएका छन् ।

यसअघि मुख्य मन्त्रीकहाँ उजुरी परेपछि स्वास्थ्य मन्त्री विरुद्ध गोप्य रुपमा छानवीन गरेका थिए । सो क्रममा स्वास्थ्य मन्त्रीले आफूले गल्ती गरेको स्वीकार गरेका थिए । त्यस लगत्तै मुख्य मन्त्रीले उनलाई बर्खास्त गरेका हुन् ।

यता दिल्लीका मुख्य मन्त्री एवं आप आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले पञ्जावका मुख्यमन्त्री भगवंत मानको तारिफ गर्दै बर्खास्तीको निर्णय लिएकोमा मुख्यमन्त्रीको प्रशंसा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *