भारतमा पुन: बढ्न थाल्यो कोरोना
एजेन्सी । विश्वका केही देशमा जस्तै भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । विश्वका विभिन्न देशमा पछिल्लो दुई वर्ष देखि कोरोनाको नयाँ नयाँ भेरियन्ट देखिने र त्यसले संक्रमण दर बढाउने गरेको छ ।
पछिल्लो पटक भारतमा नयाँ भेरियन्ट देखिनु र संक्रमण दर समेत बढ्नुले कोरोनाको चौथो लहर देखिने हो कि भन्ने चिन्ता पैदा भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले विहीबार जारी गरेको विवरणमा पछिल्लो चौविस घण्टामा १ हजार ७ वटा नयाँ केश देखिएको छ । यो संगै कुल संक्रमितको संख्या ११ हजार ५८ पुगेको छ ।
अधिकारीहरुका अनुसार भारतमा ८० दिनमा पहिलो पटक केही राज्यमा कोरोना संक्रमण दरमा बृद्धि देखिएको छ ।
राजधानी दिल्ली तथा मुम्बईमा कोरोनाको नयाँ केश बढ्न थालेको छ ।
देशका ७३४ जिल्लामध्ये २९ जिल्लामा अहिले कोभिड पोजेटिभ हुने दर ५ प्रतिशत भन्दा बढी छ । यी मध्ये २३ जिल्लामा अवस्था गम्भीर भएको बताइएको छ । गम्भीर भनिएका जिल्लामा कोभिड पोजेटिभ हुने दर १० प्रतिशत भन्दा बढी रहेको बताइएको छ । अति नै गम्भीर भनिएका ८ जिल्लामा पोजेटिभ हुने दर २० प्रतिशत नाघेको छ ।
दिल्लीमा कोरोनाको संक्रमण पुन बढ्न थालेको छ । विहीबार संक्रमण दर दुई महिना यताकै बढी देखिएको छ । अधिकारीहरुका अनुसार गत ५ फेव्रअरीमा २.८७ थियो भने विहीबार सो रेट २.७० भएको छ । दिल्लीमा अहिले दैनिक १०० देखि २०० सम्म नयाँ संक्रमित देखि थालेको छ ।
विश्व स्वास्थ्य संगठनले पोजेटिभ दर ५ प्रतिशत भन्दा बढी भएमा त्यसलाई खतरापूर्ण अवस्था मान्ने गर्दछ ।
सम्पर्क इमेल : [email protected]