कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम : अध्ययन

हङकङ, ९ चैत । कोभिड-१९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ ।

हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।

यहाँ लगाइएका सिनोभ्याक र अर्को एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो । साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो ।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो ।

सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *