अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोना संक्रमित

 

लस एन्जलस, ८ चैत । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका छन्।

अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन्।

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट संक्रमितभएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट संक्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ, एक अधिकारीले भने।

सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *