भारतमा दैनिक संक्रमितको संख्या घट्यो

नयाँ दिल्ली, ७ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी आइबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ ।

सिन्हा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *