विदेश :

दुई वटा लिंग भएका बालकको जटिल शल्यक्रिया सफल

नेशलन चिल्ड्रेन मेडिकल सेन्टर

उज्बेकिस्तान । दुईवटा लिंग भएका एक उज्बेकिस्तानी बालकको चिकित्सकहरुले सफल शल्यक्रिया गरी एउटा लिंग हटाई दिएका छन् ।
राजधानी तासकेन्तस्थित नेशलन चिल्ड्रेन मेडिकल सेन्टरका चिकित्सकले शल्यक्रिया गरी एउटा लिंग हटाइदिएका हुन् ।

त्यसो त ती बालक पनि राजधानी तासकन्दका हुन् । उनी सात वर्षसम्म शारीरिक असहजताविनाको अवस्थासंगै बाँचिरहेका थिए ।
चिकित्सकहरुले प्रति ६० लाख जन्ममा यस्तो केश देखिने बताएका छन् ।

चिकित्सकहरुका अनुसार ती बालकको दुबै लिंगले उस्तै काम गरिरहेका थिए । संरचनागत रुपमा पनि उनको दुबै लिंग उस्तै थियो । दुबै लिंगबाट उनले बराबरजस्तै पिसाव फेर्दथे ।

उमेर बढ्दै जाँदा देखिनसक्ने शारीरिक समस्याबाट चिन्तित परिवारले एक दिन उनलाई विशेषज्ञ रहेको क्लिनिकमा पुरयाएका थिए ।
विशेषज्ञ चिकित्सकहरुले उनको सो केशलाई ठूलो सर्जिकल चौनौती भनेका थिए । यद्धपी एक साता भित्र उनको परीक्षण सकेर शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न भएको छ । चिकित्सकहरुले शल्यक्रिया गरी उनको बायाँ तर्फको लिंग हटाइदिएका छन् ।

चिकित्सकहरुले युरोलोजी केश रिपोर्ट हुने जर्नलमा अहिलेसम्म १०० वटा मात्रै यस्तो केश भेटिएको बताएको छ । पहिलो केश सन् १६०९ मा भएको उल्लेख गरेका छन् ।

मेडिकल भाषामा डिफलिया भनेर चिनिने यो केश प्रत्येक ५० देखि ६० लाख शिशु (केटा)मा एक जनामा देखिने र दख दिने गरेको चिकित्सकहरुले बताएको डेलीमेल ले उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *