गाँउको प्रधान जितेकी वैशाली जब युक्रेनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको रुपमा देखा परिन्….

लखनउ, भारत । गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा गाँउ पञ्चायतको प्रधान पदमा निर्वाचित एक जना महिला युक्रेनमा फसेकी मेडिकल विद्यार्थीको रुपमा देखा परेपछि अहिले उनी सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

उत्तरप्रदेशको हर्दोई जिल्लाको सन्डीव्लकमा रहेको तेरापुरसेली गाँउकी प्रधानमा निर्वाचित वैशाली यादवले मंगलबार युक्रेनका आफू फसेको भन्दै उद्धारका लागि सरकारसंग आग्रह गरेकी थिईन् । उनले आफूलाई एमबीबीएस अध्ययनरत छात्राको रुपमा परिचित बनाएकी थिईन् । तर पछि उनी गाँउ पञ्चायतको वहालवाला प्रधान भएको खुलेको थियो ।

यहाँ गाँउको प्रधान भएको व्यक्ति कसरी एमबीबीएस अध्ययन गर्न युक्रेन पुगिन भनेर अहिले जिल्ला प्रशासनले उनको छानविन थालेको छ । स्थानीय प्रशासनले उनको नामबाट हस्ताक्षरमा गाँउ पञ्चायतको रकम कसरी झिकिएको छ ? भनेर समेत अध्ययन थालेको जनाएको छ । अहिले उनको वैंक खातासमेत रोक्का गरिएको छ ।

स्थानीयका अनुसार युक्रेनमा एमबीबीएस अध्ययन्रत वैशाली गतवर्ष चुनावका बेला गाँउमा आएकी थिईन् । उनले त्यसबेला गाँउ पञ्चायतको प्रधानमा उम्मेद्धारी दिईन र जितिन पनि । त्यसपछि उनी फर्केर युक्रेन गईन् ।

स्थानीयहरुले वैशालीका बाबु महेन्द्र पूर्व व्लक प्रमुख र समाजवादी पार्टीको स्थानीय नेता समेत हुन् । छोरीको अनुपस्थितिमा उनै महेन्द्रले गाँउ पञ्चायतको कामकाज गर्दै आएका थिए ।

अर्दोई जिल्लाका प्रमुख जिल्ला अधिकारी आकांक्षा राणाले गतवर्ष गाँउ पञ्चायतको प्रधानमा निर्वाचित वैशाली युक्रेनको खार्कीवमा रहेको एक मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेको थाहा भएको बताईन् ।

उनले वैशालीको अनुपस्थितिमा गाँउ पञ्चायतको खातासमेत सञ्चालन भईरहेको र यो काम कसले गरेको रहेछ भनेर छानविन समेत अघि बढाएको बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *