वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण नि:शुल्क

काठमाडौँ, १३ फागुन ।  अब देखि बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको कोभिड १९ पीसीआर परीक्षण निशुल्क हुने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बैदेशिक रोजगारीमा जाने कामदारहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

बैदेशिक रोजगारीमा जाने कामदार श्रमिकहरुले निशुल्क परीक्षण सेवा लिनका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल र केन्द्रीय जनस्वाथ्य प्रयोगशाला जानु पर्ने छ । संगसंगै वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पनि पेश गर्नुपर्नेछ ।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुती दिने अभिप्रायले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *