औषधि ब्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ता गर्दै
काठमाडौँ, ५ फागुन । औषधि व्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ताको प्रक्रिया अघि बढाएको छ । गत १९ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५२ औँ बैठकले प्रक्रिया पुरा दर्ता गर्न परामर्श दिएपछि विभागले दर्ताको प्रक्रिया अघि बढाएको हो ।
विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५२ औँ बैठकको निर्णयको आधारमा प्रक्रिया पुरा गरेका १५ प्रकारका औषधि दर्ताको लागि अघि बढाइएको बताए ।
विभागका महानिर्देशक भरत भट्टराईद्धारा जारी सूचनामा पनि सल्लाहकार समितिले औषधि व्यवस्था विभागलाई औषधिको विशेष सिफारिस सम्बन्धि (पहिलो संशोधन) कार्यविधि, २०७७ को दफा ११ बमोजिम १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको उल्लेख छ ।
नयाँ औषधिहरु दर्ताका लागि छानिएका औषधिहरु क्यान्सर रोग देखि आँखाको उपचारसम्म प्रयोग हुनेखालका छन् ।
सम्पर्क इमेल : [email protected]