भातरीय गायिका लता मंगेशकरको स्वास्थ्य पुन: बिग्रियो, भेन्टिलेटरमा उपचार हुँदै

एजेन्सी । विगत चार सातादेखि अस्पतालमा उपचाररत चर्चित भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था पुन: बिग्रिएको छ । चिकित्सकहरुले उनलाई भेन्टिलेटरको सहायतामा उपचार गर्न थालिएको बताएका छन् ।

कोभिड -१९ को संक्रमणमा परेकी ९२ वर्षीया मंगेशकरलाई स्वास्थ्यमा समेत समस्या आएपछि २८ दिन अघि मुम्वईस्थित क्याण्डी ब्रिच अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य बिग्रँदै जाँदा तीन साता अघि आइसीयू हुँदै भेन्टिलेटर सपोर्टमा राखिएको थियो । तर गत साता स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकले भेन्टिलेटर सपोर्ट हटाएका थिए ।

अस्पतालका डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य थप बिग्रिएपछि भेन्टिलेटरमा राखिएको बताएका छन् । उनले अस्पतालमा भर्ना भएपछि लताको स्वास्थ्य अवस्था दोस्रो पटक बिग्रिएको उल्लेख गरेका छन् ।

केी दिन अघि महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपले अस्पताल तथा लताको परिवारसंग भेटेर स्वास्थ्य अवस्था बुुझेका थिए ।

लताको केही दिन अघि गरिएको परीक्षणमा कोभिड -१९ को संक्रमण पनि नेगेटिभ आएको र निमोनिया पनि ठिक हुँदै गएको अस्पतालले बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *