ओमिक्रोन भेरियन्टका लागि नयाँ खोपको क्लिनिकल परीक्षण गर्दै फाइजर

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लक्षित गर्दै खोप निर्माता फाइजर एण्ड बायोएनटेकले नयाँ खोपको क्लिनिकल परीक्षण सुरु गरेको छ ।

फाइजरले १८ देखि ५५ वर्ष उमेर समूहका वयस्कमा रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षणका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो । ओमिक्रोन खोप परीक्षण सम्बन्धमा फाइजरले पत्रकार सम्मेलनमा आगामी मार्च सम्ममा नतिजा निकाल्ने गरी काम गर्ने जनाएको हो ।

फाइजर एण्ड बायोएनटेकका खोप अनुसन्धान प्रमुख क्याथ्रिन जोनसनले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि गरेको बताए । साथै यसबाट आउनसक्ने दीर्घकालीन असरबारे सावधानीसाथ अध्ययन भइरहेको पनि उनको भनाई छ ।

जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनका अनुसार हल्का र मध्यम कोरोना विरुद्ध लड्न बनाइएको पुरानो खोपको सुरक्षाले ओमिक्रोन विरुद्ध अपेक्षित रूपमा काम गरेको छैन् ।

यस अघि बनाइएका खोपले लामो समयसम्म सुरक्षा दिनुका साथै ओमिक्रोनका लागि पनि उपयोगी नै रहेको पाइएको छ । तर यसको प्रतिरोधात्मक क्षमता भने ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभावकारी पाइएको बताइएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

परीक्षणमा १८–५५ वर्षका एक हजार ४२० जनालाई तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ ।

यता अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले पनि ओमिक्रोन भेरियन्टका लागि नयाँ खोप परीक्षणको योजना बनाएको बताएको छ ।

अर्को कम्पनी एस्टाजेनेकाले पनि नयाँ भेरियन्टका लागि नयाँ खोप ल्याउने तयारी गरेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *