भारतमा ओमिक्रोन संक्रमितको संख्या साढे आठ हजार भन्दा बढी
नयाँदिल्ली, ४ माघ । भारतमा ओमिक्रोन संक्रमितको संख्या साढे आठ हजार भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ओमिक्रोन संक्रमितको संख्या ८ हजार ८९१ पुगेको छ ।
त्यसैगरी कोरोनाभाइरसबाट चौबिस घण्टामा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५७ हजार ४२१ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चौबिस घण्टामा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ रहेको छ । त्यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]