फेटल अल्कोहल सिंड्रोम के हो ?

पछिलो समय हाम्रो समाजमा पनि मदिरा सेवन गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ। मदिरा सेवनले स्वास्थ्यमा गम्भीर असर भएतापनि गरिबी, बेरोजगार, अशिक्षित, कमजोर नीति नियम, धार्मिक महत्वका कारण मदिरा सेवन नेपालमा खुल्ला जस्तै छ।
गर्भावस्थामा आमाले मदिरा सेवन गर्दा बालबालिकामा देखा पर्न विभिन्न समस्यालाई फेटल अल्कोहल सिंड्रोम भनिन्छ। स्वयं आमालाई मात्र नभई मदिरा सेवनले गर्भमा रहेको भ्रूणको शारीरिक तथा मानसिक विकासमा समेत असर गर्छ।
गर्भावस्थामा आमाले मदिरा सेवन गर्नु भ्रूणको लागि विष नै हो।
फेटल अल्कोहल सिंड्रोम भएका बालबालिकामा फरक शारीरिक संरचना छोटो नाक, पातलो ओठ, सानो परिधिको टाउको हुन्छ। विभिन्न अंग आँखा, कान, मुटु, मिर्गौला, मस्तिष्कको समस्या देखिनुका साथै संज्ञानात्मक हानि, असामान्य व्यवहार, सिक्ने असक्षमता देखिन्छ।
लामो समयसम्म मदिरा सेवन गर्दा गर्भ पतन, ९ महिना अघि नै शिशु जन्मिनु, मृत शिशु जन्मिनु साथै आमाको स्वास्थ्यमा उच्च रक्तचाप , मधुमेह, उच्च कोलेस्ट्रोल तथा मानसिक समस्या देखिन सक्छ ।
गर्भावस्थामा आमाले प्रयोग गर्न औषधि आमाको प्लेसेन्टाबाट पास भई भ्रूणको रगतमा पुगि उसको अंग विकासमा असर गर्छ। त्यसैले आमाले कुनै औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नु पर्छ। मदिरा सेवन नगरौं र स्वस्थ शिशु जन्माऔँ।
# डा. श्रेष्ठ कायरो विश्वविद्यालयको कसर अल ऐनि हस्पिटल कायरो, इजिप्टमा इन्टनसिप गर्दै छन् । साथै उनी एसोसिएसन अफ नेपालीज मेडिकल इस्टुडेन्ट इजिप्टको अध्यक्ष हुन्।
सम्पर्क इमेल : [email protected]