अबको दुई साता भित्र चीन र जापानबाट ३२ लाख डोज खोप आउँछ, अरु खरीद प्रक्रिया कस्तो छ ? (हेर्नुहोस तालिका)
काठमाडौँ, १८ साउन । अबको दुई साता भित्र चीन र जापानबाट ३२ लाख डोज खोप आउने भएको छ । चीनको अनुदान सहयोगमा १६ लाख डोज भेरोसेल र जापानले कोभ्याक्स सुविधा मार्फत १६ लाख डोज एस्ट्राजेनेका गरी कुल ३२ लाख डोज खोप आउने भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।
शुक्रबार मन्त्रालयमा आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले पद वहाली पछि पछिल्लो १० दिनमा गरेका काम र १०० दिनमा गर्ने कामका बारेमा जानकारी समेत गराए ।
सरकारको प्राथमिकता अहिले खोपको सहज उपलव्धता र वितरण रहेको भन्दै आफ्नो प्राथमिकता त्यसैमा केन्द्रीत रहेको बताए ।
उनले हालसम्म नेपालमा अनुदान, कोभ्याक्ससुविधा र खरिद गरि ९७ लाख डोज खोप नेपाल आएको र सोमध्ये हिजोसम्म ६२ लाख १७ हजार ९९२ डोज खोप लगाइसकिएको जानकारी दिए । मन्त्री श्रेष्ठले हाल टेकुको स्टोर ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरुमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दात रहेको भन्दै हाल प्रत्येक दिन दुई देखि तीन लाखसम्म खोप लगाउने काम भइरहेको बताए ।
सरकारले आगामी असोज मसान्तसम्म एक तिहाई जनता र चैत मसान्तसम्म सबैलाई खोप लगाएर भ्याउने भन्दै त्यहि दिसामा आफूले काम अघि बढाएको बताए । सो अवसरमा उनले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको भन्दै उनले असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने बताए । किशोर किशोरीलाई लक्षित गरि मोर्डना ४० लाख डोज, ५० लाख डोज जोनसन, ४० लाख फाइजर र २० लाख डोज एष्ट्रेजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको बताए ।
कोभ्याक्सबाट १ करोड १३ लाख, कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको समेत उनले जानकारी दिए ।
आफुले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू गरेको पनि उल्लेख गरे ।
साथै १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको० र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको पनि बताए ।
सम्पर्क इमेल : [email protected]