रजो-निबृत (५०-५९) उमेरका महिलाहरुमा समर्पित ‘एक कविता’
गर्भमा आमाको स्पन्दनमा रमायौं
जन्मेपछि परिवारको मायामा समायौं।
सुखमय बालापन बित्यो प्रायः हाम्रो
किशोरावस्था सम्वेदनशील रह्यो राम्रो।
बिहे गरी धेरै जसो नयाँ संसार बनायौं
जिन्दगीका अनेक सपनाहरुमा रमायौं ।
घर गृहस्थी हेर्दै आयौं सबलाई आफ्नो ठानी
परिवारको खुसीलाई नै आफ्नो खुशी मानी ।
रजो-निबृत भई प्रवेश गर्यौं ५० वर्ष माथी
अवस्था हाम्रो के रहेछ एकचोटी सोचौं साथी ।
समाज परिवारलाई सक्ने जति खुशी दिंदै आयौं
आफू हुनुको अस्तित्व बोध मात्र सम्हाल्दै ल्यायौं।
दिन चर्या कस्तो बित्छ सोचाईं कस्तो आउँछ ?
खाना विश्राम के कस्तो छ निद्रा कस्तो आउँछ ?
शारीरिक व्यायम कति गर्छौ कति पाईला हिंड्छौं ?
एक्लै बस्न मन लाग्छ कि रिसाएर भिड्छौं ?
झर्को फर्को लाग्ने गर्छ डराए झैं लाग्छ
अति प्रिय आफ्नाहरु टाढिए झैं लाग्छ ।
कोही भन्छन् यस्तै हुन्छ रजो-निबृत हुँदा
कोही भन्छन् राम्रो हुन्छ डाक्टरलाई देखाउँदा।
रजो-निबृत प्राकृतिक हो सजग बनौं हामी
सकारात्मक सोचाई लिई उर्जा छरौं हामी।
आफू पनि सचेत बनौं सचेत बनाउँ परिवार
गतिशील घर गृहस्थी सपारौं आफ्नो संसार।
धन्यवाद !
(#२०७८ श्रावण ९ गते शनिवार, ढाका बंगलादेश)
सम्पर्क इमेल : [email protected]