याद गर्नुहोस ! यस्तो लक्षण मुटु रोगको हुनसक्छ..
- मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा वा मुटु दुखेमा ।
- शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम हुन्छ भने ।
- दम–खोकी भएका रोगीको खुट्टा सुन्नियो भने ।
- घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने ।
- मुटुभित्रको चाप बढ्यो भने ।
- औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने ।
- औँलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेको छ भने ।
- एक मिनेटमा ६० देखि एक सयपटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने ।
- मुटु चल्दाचल्दै ढ्याक्क केहीबेर रोकिएको अनुभव हुन थाल्यो भने ।
- मुटु छिटोछिटो दौडिएको अनुभव हुन थाल्यो भने ।
- कफमा रगत देखाप¥यो तर एक्स–रे गरेर हेर्दा टिबी वा क्यान्सर देखिएन भने ।
- अनायास हात, खुट्टा, औँला, मुख, ओठ झड्का दिँदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखियो भने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]