फागुनमा ‘यूजी’ र चैतमा ‘पीजी’को लाइसेन्स परीक्षा लिने योजनामा काउन्सिल

काठमाडौँ, ११ पुस । नेपाल मेडिकल काउन्सिलले आगामी फागुनमा एमबीबीएस /बीडीएस (अण्डरग्राजुएट्स -यूजी)को नाम दर्ता (लाइसेन्स) परीक्षा र चैतमा एमडी/एमएस/एमडीएस (पोष्ट ग्राजुएट्स -पीजी)को विशेषज्ञ नाम दर्ता (स्पेशल)परीक्षा लिने तयारी गरेको छ ।

गत आइतबार सम्पन्न काउन्सिलको पूर्ण बैठकले ८ फागुनमा युजी र १३ र १४ चैतमा पीजीको लाइसेन्स परीक्षा सञ्चालन गर्ने विषयमा छलफल गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले नाम दर्ता (लाइसेन्स) परीक्षा कहिले लिने भन्ने बारेमा छलफल भएको बताए । उनले ८ फागुनमा एमबीबीएस बीडीएस र १३ र १४ चैतमा एमडीएमएस र एमडीएस को स्पेशल एक्जाम लिने कि भन्ने बारेमा छलफल भएको बताए ।

‘हामीले फागुन र चैतका लागि प्रस्तावित मिति तय गरेका छौँ । परीक्षाका समय लगभग यहि नै हो भनेर भनेका छौँ तर त्यसबेला सम्म कोरोनाको अवस्था के हुन्छ । त्यसले केही तलमाथि हुनसक्छ । तर परीक्षा लगभग त्यहि समयमा हुन्छ,’ डा अधिकारीले भने ।

चार चार महिनामा लाइसेन्स परीक्षा लिने काउन्सिलले यसपटक पीजी तहका लागि कम्प्युटरमा आधारित रही परीक्षा लिन सुरु गरेको छ ।

सोही पद्धपी युजी अर्थात अन्डरग्राजुएट्सको लाइसेन्स परीक्षामा पनि गर्ने कि भन्ने योजनामा समेत आफूहरु रहेको डा अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *