विश्वचर्चित फुटवलर डिएगो म्याराडोनाको निधन

868
Shares

एजेन्सी । विश्वचर्चित अर्जेटिनी फुटवल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । तीन साता अघि टाउँकोको शल्यक्रिया गरेका ६० बर्षीय म्याराडोनाको बुधबार दिउसो हुदयघातबाट निधन भएको बताइएको छ ।

म्याराडोनाका वकिलका अनुसार उनको निधन घरमै भएको हो । अर्जेटिनी फुटवल टीमको नेतृत्व गर्दै सन् १९८६ मा विश्वकप विजेता बनेका म्याराडोना जति चर्चित थिए उती नै विवादित पनि थिए । पछिल्लो समय भने उनी लागूपदार्थ र रक्सीको नसामा फसेको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए ।

यसअघि मस्तिस्कमा रगत जमेपछि आकस्मिक शल्यक्रिया गराएका म्याराडोना ८ दिन अस्पताल बसी गत ११ नोभेम्बरमा डिस्चार्ज भएका थिए । उनले घरमै बसेर स्वास्थ्य लाभ गर्ने भन्दै अस्पतालबाट बाहिरिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *