कोरोना संक्रमणपछि डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, २८ कात्तिक । कोरोना संक्रमण पछि डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शुक्रबार बेलुका पौने सात बजे इएनटी भवनमा रहेको कोभिड आइसोलेसन सेन्टरमा भर्ना भएका हुन् ।

डा केसी स्वास्थ्य शिविरका लागि भन्दै गत साता रसुवा पुगेका थिए । केही दिन देखि आफूमा संक्रमण भएको शंका लागेपछि उनी हिजो नुवाकोटस्थित त्रिशुली अस्पतालमा पीसीआर जाँजका लागि आएका थिए । त्यहाँ परीक्षण गर्दा पोजेटिभ आएपछि उनी उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा आएका हुन् ।

‘डा केसी अहिले हाम्रो अस्पतालको कोभिड – १९ आइसोलेसन सेन्टरमा उपचाररत हुनुहुन्छ । पौने सात बजे भर्ना गरेका हौँ । सेन्टरको ११४१ बेड नम्बरमा उहाँलाई राखेका छौँ,’  त्रिवि शिक्षण  अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी भने । उनले डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *