केडीसी अस्पतालमा कोरोनाका बिरामीलाई आइसीयू र एचडीयू सहितको सेवा
काठमाडौँ, २३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सूचिकृत भई कोरोनाका बिरामीलाई उपचार सेवा दिदै आएको केडीसी अस्पताल बसुन्धराले आफूलाई स्तरोन्नतरी गरेको छ । उसले पछिल्लो समय १२ वटा आईसीयू, ६ वेड हाई डिपेन्डेन्सी युनिट र त्यति नै बेड भेन्टिलेटर समेत सञ्चालनमा ल्याएको छ ।
उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको र आईसीयू एचडीयू तथा भेन्टिलेटरको अभाव भएपछि अस्पतालको क्षमता विस्तार गरिएको अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनले कोभिड -१९ कै बिरामीको उपचारका लागि दक्ष चिकित्सक तथा नर्सहरु चौविसै घण्टा खटिएको बताए ।
‘यसअघि अस्पताल लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना लिने गर्दथ्यो । अब जटिल अवस्थाका बिरामीलाई पनि उपचार गर्न सकियो । हामीसंग त्यो उपकरण र जनशक्ति छ,’ डा श्रेष्ठले भने । यदि कोही संक्रमित आर्थिक अवस्था कमजोर भएको वा विपन्न भनी स्वयं घोषणा गरेमा सतप्रतिशत नै निशुल्क उपचार समेत हुने व्यवस्था भएको उनले सुनाए ।
गत १६ भदौ देखि कोभिड -१९ को बिरामी हेर्ने गरी २०० बेडको कोभिड -१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको केडीसीमा सयौ विरामीले स्वास्थ्य लाभ गरी फर्किसकेका छन् ।
सम्पर्क इमेल : [email protected]