चाडपर्वमा दाँत तथा मुखको स्याहार कसरी गर्ने ?

– डा. पुस्कर काफ्ले

नेपाल तथा विश्वमै चाडपर्वको बेला मासु तथा खानाका विविध परिकारहरु तयार गरी सामान्यतया खाने प्रचलन रहिआएको छ । नेपालमा पनि चाडपर्व भित्रिदाँ खानाका विविध परिकार खाने सौखिन नेपालीको जमात बढ्दो छ ।

विशेषगरी नेपालीको महान पर्व दशैंमा मुख्य खानाको रुपमा मासुका परिकारहरुलाई लिइने गरिन्छ । फूलपाती देखी कोजाग्रत पूर्णिमा सम्म १ हप्ताको   छोटो समयमा सामान्य दिनहरुमा भन्दा बढी नै मानिसहरु मासुका परिकारहरु खाने गर्दछन् ।जुन परिकारलाई चपाउन दाँतले प्रमुख भूमिका निर्वाह गर्दछ ।

पर्वहरुमा धेरै बढि पोलेका मासुका परिकारहरु, धुम्रपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढि शिथिल तथा सुख्खा बन्न जान्छन् ।

प्रायः नेपाली जनमानसमा दाँत तथा मुखको  हेरचाह सम्बन्धि सामान्य जानकारी पनि थाहा नभएको हामी पाउन्छौ । दाँतमा लामो समयसम्म रेशादार विशेषत् पोलेका तथा सेकुवाको रुपमा खाइने मासुका परिकार राम्रोसँग नपाक्दा एक किसिमले कोच्चिएर दुई दाँतको बिचमा रहिरहने अवस्था पनि धेरै पीडादायीक हुन्छ ।

मासु तथा खाना लामो समय अड्किरहदाँ त्यसले एक किसिमको एसिड (अम्ल) पैदा गर्ने गर्दछ । सो एसिडले दाँतमा क्याल्सियमलाई गलाइदिने र दाँतमा एक किसिमको झन्झनावट पैदा गरिदिन्छ । अझ यो समस्या लामो समयसम्म भैदिदाँ दाँतको पीडा बढ्दै गई दाँत नै उखाल्नु पर्ने परिस्थिती निम्तिन सक्छ । 

समस्याबाट बच्न के गर्ने ?

१) मासुका परिकारलाई राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने ।

२) यदि खाने कुरा अड्की हालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागी एक किसिमको धागो  (डेण्टल फ्लस) को सहायता लिने ।

३) दशैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुदाँ त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने । सकभर त्यसको प्रयोग नगर्ने ।

४) धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने ।

५) चाडपर्वको बेला धेरै मात्रामा धुम्रपान, मद्यपान सेवन गर्दा मुख सुख्खा हुने हुदाँ  झोलिलो तथा पानीको अधिक प्रयोग गर्ने ।

६) चिसो पेय पदार्थमा एसिडको मात्रा हुने हुनाले त्यसको प्रयोगमा कमी ल्याउने ।

७) रातीको खानापछी सधै ब्रस गर्ने र दिउँसोको हल्का खानापछी कुल्ला गर्ने ।

८) ६/६ महिनामा दाँत तथा मुखको नियमित परिक्षण गराउने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *