पछिल्लो २४ घण्टमा देशभर थपिए ३४३९ जना कोरोना संक्रमित, ११२६ जना डिस्चार्ज
काठमाडौँ, २१ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार २ सय ९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार ४ सय ३९ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार ५ सय ५३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार १ सय २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ४ हजार १ सय ६४ जना रहेका छन् । होम आइसोलेसनमा १४ हजार ४ सय ११ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ छन् ।
सम्पर्क इमेल : [email protected]