पछिल्लो २४ घण्टामा देशभर थपिए २१२० जना कोरोना संक्रमित, संक्रमितको संख्या ८४,५७०

काठमाडौँ, १७ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार १ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ९ सय ७८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार १ सय २० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७ सय ४०  पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार २ सय ७३ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ५ सय २९ रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *