कोरोना संक्रमण : काठमाडौँ उपत्यकामा ८०९ जना थपिए

288
Shares

काठमाडौँ, ११ असोज ।   पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

यो संख्या देशभर आज देखिएको कुल संख्याको ५१.४३ प्रतिशत हो । आज देशभर १ हजार ५७३ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   यो संख्या कुल परीक्षणको १५.५३ प्रतिशत हो । आज देशभर कु १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले देशभर २५ हजार बढी संक्रीय संक्रमित भए पुन लकडाउन गर्न सिफारिस गर्ने बताएको छ । आजको दिनसम्म देशमा संक्रीय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *