देशभर थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६४ हजार नाघ्यो

300
Shares

 

काठमाडौँ, ४ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ३२५ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ९६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ७ हजार ४५१ जना रहेका छन् । होम क्यारेनटिनमा ८ हजार ७०७ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ सय जना रहेका छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १९० जना र भेन्टीलेटरमा ३६ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *