देशभर थपिए १ हजार २४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५९ हजार ५७२

काठमाडौँ, १ असोज । पछिल्लो चौविस घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना भाइरस ९(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार २४६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७२ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४२ हजार ९४९ सय पुगेको छ ।

त्यसैगरी शून्य संक्रमितहरू रहेका जिल्ला ५ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ९ वटा छन् ।

देशभरका क्वारेनटिनमा ७ हजार ८३८ जना रहेका छन् । होम क्यारेनटिनमा ८ हजार ३३८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन् । आइसीयूमा १८१जना र भेन्टीलेटरमा ३९ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *