स्वास्थ्यको प्रस्ताव : कोभिड-१९ को कारणले स्वास्थ्यकर्मीको ज्यान गए २५ लाख क्षतिपूर्ति

788
Shares

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य मन्त्रालयले सेवामा खटिएका स्वास्थ्यकर्मी कोभिड -१९ को संक्रमणमा परि ज्यान गएमा २५ लाख क्षतिपूर्ति दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि मन्त्रालयले कोभिड -१९ विरुद्ध खटिएका सबै स्वास्थ्यकर्मीहरुको २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गरिएको बताएको थियो ।

मन्त्रालयले यसपटक बीमाको सट्टा क्षतिपूर्ति दिने प्रस्ताव अघि बढाएको हो ।

‘स्वास्थ्य सेवामा खटिएका सवै तहका कर्मचारीको संख्या ४० हजार बढी छ । ती सबैको बीमा गर्नु भन्दा आखिर त्यहि रकम बराबरको क्षतिपूर्ति दिने निर्णय गरियो भने झनै सहज भयो भन्ने आधारमा यो नयाँ प्रस्ताव अघि बढाइएको हो । मन्त्रिपरिषद्मा पनि पठाइएको हो । निर्णय भइसकेको छैन्,’ मन्त्रालयको उच्च स्रोतले भन्यो ।

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ३७९ जनाको ज्यान गएको छ । यसमा एक जना निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी समेत परेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *