गण्डकी प्रदेशमा थपिए ४८ जना कोरोना संक्रमित
पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीका १० जना, लमजुङका ५, पर्वतका २, नवलपरासीका २१ जना, तनहुँका १० जना गरी ५ जिल्लाका थप ४८ जना छन् ।
संक्रमितहरु कास्की जिल्ला पोखरा महानगरपालिका MCH का ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने ३५ बर्षीय महिला उपचारको लागि सोहि अस्पतालमा आएकी हुन् ।
लमजुङ बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । तनहुँ भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत हुन् भने अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान भएका हुन् ।
संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]