चौविस घण्टामा देशभर थपिए १ हजार २४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौँ, २५ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १४४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार २४६ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ हजार २१९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३५ हजार ७०० सय पुगेको छ ।
शून्य संक्रमितहरू रहेका जिल्ला ९ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ५ वटा छन् ।
देशभरका क्वारेनटिनमा ५ हजार ८०६ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ६ हजार ४३८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार २० जना रहेका छन् । भेन्टीलेटरमा २१ जना र आइसीयूमा १५९ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]