देशभर थपिए ९०२ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो
काठमाडौँ, २३ भदौ । पछिल्लो चौविस घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ६११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आजसम्म पीसीआर परीक्षण ७ लाख ८८ हजार १७४ जनाको भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ९०२ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २८७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ सय पुगेको छ ।
शून्य संक्रमितहरू रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ८ वटा छन् ।
देशभरका क्वारेनटिनमा ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ६ हजार ८१५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् । भेन्टीलेटरमा २३ जना छन् । त्यसैगरी आइसीयूमा १४४ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]