काठमाडौँका ३ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०० पुग्यो
काठमाडौँ, २२ भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँका ३ सहित देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष गरी थप ११ जना हुन् । जसमा काठमाडौँका ३७, ९० ८३ र कास्कीका ६३ वर्षीया महिला सहित मोरङका ७६, सर्लाहीका ३५, सिराहाका ८७, दोलखाका ६९, मकवानपुरका ३९ र बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ७३६ जना कोरोना जितेर घर फर्किएका छन् ।
सम्पर्क इमेल : [email protected]