काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडौँ, १९ भदौ ।  पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६ जना, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी ४५४ जनामा संक्रमण देखिएको बताए ।

उनले देशभर पछिल्लो चौविस घण्टामा १ हजार ३५९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै आज १५१ जना आइसीयूमा र २६ जना भेन्टिलेटरमा उपचारमा रहेका छन् ।

यस्तै पछिल्लो चौविस घण्टामा थप १४ जनामा कोरोना संक्रमणबाट ज्यान गएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *