काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण
काठमाडौँ, १७ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितहरु काठमाडौँमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ गरी कुल ३८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन । उनले पछिल्लो चौविस घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी कुल ११२० जना नयाँ संक्रमित भेटिएको समेत जानकारी दिए ।
उनले देशभरका कोरोना अस्पतालमा उपचार गराईरहेका संक्रमितमध्ये १४४ जना आइसीयूमा र १८ जना भेन्टिलेटरमा रहेको समेत बताए ।
पछिल्लो चौविस घण्टामा कोरोना जितेर १११२ जना डिस्चार्ज भएको समेत उनले चिनाए ।
सम्पर्क इमेल : [email protected]