पछिल्लो चौबिस घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
काठमाडौँ, १४ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप १४ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमले ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा रौतहट, काठमाडौँ, ललितपुर, सुनसरी, मोरङ, चितवन, महोत्तरी, बारा, रुपन्देही, भक्तपुर र नवलपरासी जिल्लाका हुन् ।
यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २६७ रहेको छ ।
सम्पर्क इमेल : [email protected]