काठमाडौँका १ सहित थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७ पुग्यो
काठमाडौँ, ८ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ८ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमले मृत्यु हुनेमा काठमाडौँको १ जना ४८ वर्षीय महिला, सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साको ७१ वर्षीय महिला र रुपन्देहीमा ६७ वर्षीय महिला र ३८, ५३ , ५४ वर्षीय पुरुष गरी ४ सहित थप ८ जना हुन् ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय १५७ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १७५ रहेको छ ।
सम्पर्क इमेल : [email protected]