स्वास्थ्य सेवाको पुनर्संरचनामा खोप सेवा
विसं २०७२ सालमा जारी भएको नयाँ संविधानले तीन तहको सरकार रहने व्यवस्था गर्यो । सोही अनुसार विगतमा भएका संरचनाहरुको बाँडफाँड र थपघट गरियो । नयाँ संविधान पछि स्वास्थ्य सेवाको संरचनाहरुलाई भने घटाउने कार्य गरियो ।
यद्धपी अहिले आव २०७७/७८ को बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहत तथा प्रदेश स्थानीय तहमा स्वास्थ्य सेवाका निकाय र संरचना मा आबश्यक पुनर्संरचना गर्न प्रमुख विशेषज्ञको संयोजकत्वमा कार्यदल गठन भइ कार्य प्रारम्भ सुझाव माग लगायत कामहरु गरी मोडालिटी तय हुने क्रममा छ । यसले निश्चय नै नमिलेको संरचनालाई मिलाउनेछ भन्नेमा कम्तिमा अहिलेलाई हामी आशावादी बनौँ ।
तर, यो नविर्सौ , यसरी लथालिंग भएको स्वास्थ्यको संरचनाबाट नेपालको खोप कार्यक्रमलाई निकै असर पुरयाएको छ ।
खोप सेवा
खोप सेवा प्राचीन ऋषिमुनिहरुको पालादेखि चलेको पद्धति हो । उनीहरुले विभिन्न किसिमको जडिबुटिको प्रयोग गरी रोगबाट रोकथाम गर्दथे । खोप कुनै पनि व्यक्तिलाई रोग नलागोस भनेर रोग लाग्नु भन्दा पहिले दिइने औषधि हो । यो विभिन्न माध्यमबाट दिइन्छ ।
खोप ऐन २०७२ मा खोप (भ्याक्सिन) भन्नाले कुनै रोगको रोकथाम नियन्त्रण निवारण वा उन्मूलन गर्न दिइने खोप सम्झनु पर्छ भन्ने उल्लेख छ । सोही ऐनमा खोप कार्यक्रम भन्नाले कुनै रोगको रोकथाम नियन्त्रण निवारण वा उन्मूलन गर्नको लागी मन्त्रालयले नियमित वा अभियानको रुपमा सन्चालन गर्ने राष्टिय खोप कार्यक्रम सम्झनु पर्छ । सो शब्दले खोपबाट बचाउँन सकिने रोगको निगरानी गर्ने कार्य समेतलाई जनाउँछ ।
नेपालमा खोप कार्यक्रमको त्यति लामो इतिहास छैन् । स्वर्गीय श्री ३ जंगबहादुर राणाले थापाथली दरवारमा वालवालिकालाई खोप लगाउन लगाएको इतिहासमा उल्लेख छ ।
नेपालमा विसं २०२४ सालमा बिफर उन्मूलन आयोजना स्थापना भयो । विसं २०३४ सालमा बिफर उन्मूलन भयो । विसं २०३५ सालबाट नेपालमा बिस्तारित खोप आयोजनाको नामबाट खोप कार्यक्रम सञ्चालन भयो । खोप कार्यक्रम शुरुमा तीनवटा जिल्लाबाट शुरु गरियो । तर विसं २०४८ साल आइपुग्दा देशैभर अर्थात त्यसबेलाको ७५ वटै जिल्लामा कार्यक्रम लागू भयो । हाल आएर १५ महिनासम्मका बालबालिकाहरुलाई बीसीजी, डिपीटी हेपहिब, ओरल पोलियो, दादुरा रुबेला, एफआइपिभि, जापानिज इन्सेफलाइटिस, पिसिभि रोटा खोपका तोकिएका मात्रा प्रदान गरिन्छ । यस्तै गर्भवती महिलाहरुलाई टिडि खोप दिइन्छ। निकट भविस्यमा टाइफाइड र महिलाहरुको पाठेघरको मुखको क्यान्सरको रोग विरुद्द खोप दिने विषयमा प्राबिधिक स्तरमा बहस भैरहेको छ ।
विगतमा राष्ट्रिय खोप कार्यक्रमको नेतृत्व तत्कालिन बाल स्वास्थ्य महाशाखाको खोप शाखाले गरेको थियो। खोप वितरण भण्डारको काम तत्कालिन आपूर्ति व्यवस्था महाशाखा, खोप तथा कोल्डचेन वितरण शाखाले गरेको थियो । विगतमा संघीयता बमोजिम संरचना निर्माण गर्दा तत्कालिन खोप शाखालाई परिवार कल्याण महाशाखा अन्तर्गत राखियो ।
आपूर्ति व्यवस्था महाशाखामा रहेको खोप तथा कोल्डचेन शाखालाई पनि हटाइयो । विसं २०३५ साल र विसं २०४८ सालमा थोरै एन्टिजेन भएको बेला तयार गरिएको संगठन संरचना जनशक्ति पनि घटाउने काम गरियो ।
पुनर्संरचना किन ?
ऐनको भावनालाई कार्यान्वयन गर्न खोप ऐन २०७२ अनुसार खोप सेवा प्रदान गर्न बिभिन्न समितिहरुको व्यवस्था गरिएको छ । ऐनको दफा १५ अनुसार राष्ट्रिय खोप समितिको सदस्य सचिवमा वाल स्वास्थ्य महाशाखाको निर्देशकलाई राखिएको छ ।
खोप ऐनको दफा १८ मा सल्लाहकार समितिको सदस्य सचिवमा खोप शाखा प्रमुखलाई राखिएको छ । दफा १९ मा भएको अनुसन्धान समितिमा खोप शाखा प्रमुखलाई सदस्य सचिवको रुपमा राखिएको छ । अबको पुनर्संरचनामा खोप ऐनको मर्म र भावना अनुसार संरचना बनाउन आवश्यक छ ।
छिमेकी देशको अभ्यास
छिमेकी देश भारतमा स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको मातहतमा National Cold Chain and Vaccine Management Resource Center NCCVMRC रहेको छ । यही निकायले भारतभर खोप सेवा सम्वन्धी सबै कार्यहरु गर्दछ ।
खोप कार्यक्रमको अनुगमन गर्न nccmis.org National Cold Chain Management Information System लागू गरिएको छ । National Center for Cold Chain Development स्वायत निकाय थिकट्याङक को ब्यबस्था गरिएको छ ।
प्रभावकारी खोप ब्यबस्थापन Effective Vaccine Management EVM को लागी आबश्यक संरचना
नेपालमा खोपहरु केही सरकारले स्वयं खरिद गर्दछ भने धेरै महंगा खोपहरु यूनिसेफ गाभिफन्डको सहयोगमा आउँछन् । गाभि फन्डले अति कम विकसित देशहरुलाई खोप तथा खोपजन्य सामाग्री अनुदान दिन विभिन्न आधारहरु तय गरेको छ ।
अर्को तर्फ नयाँ आउने खोपहरु (Fridge Sensitive ) जम्नबाट बचाउनु पर्ने भएकोले स्तरीय कार्य सन्चालन निर्देशिका Standard Operating Procedure SOP अनुसार कार्य गर्नु पर्दछ । EVM का आधारहरु यस प्रकार छन ।
- Vaccine Arrival
- Temperature Management
- Storage Capacity
- Infrastructure
- Maintenance
- Stock management
- Distribution
- Vaccine management
- Waste management
EVM को मापदन्ड पुरा गर्न SOP अनुसार दैनिक कार्य सन्चालन गर्नु पर्दछ ।
प्रत्येक तीन तीन बर्षमा EVM को मूल्याङन गरिन्छ । यही मूल्याङकन को आधार तथा खोप को कभरेजको आधारमा गाभिफन्डले सम्वन्धित देशलाई खोपमा दिईने अनुदानको मात्रा तय गर्दछ । खोपको गुणस्तर कायम गर्न बितरण प्रणालीलाई वैज्ञानिक बनाउन खोप खेर जाने दर घटाउन उपयुक्त व्यवस्था कार्यान्वयन गर्न आवश्यक संरचना बनाउन जरुरी देखिन्छ ।
कोभिड – १९ को खोपको तयारी
बिश्वभरी महामारीको रुपमा फैलिएको कोभिड – १९ रोगको विरुद्दको खोप आउनेछ । अतिकम विकसित देशहरुलाई खोप उपलब्ध गराउन गाभि यूनिसेफको प्रयत्न हुनेछ । केही अनोपचारिक छलफल भैरहेका छन् । भूटान, भारत, मालदिभ्स, श्रीलंकाले आफ्नो तयारी बढाएको अबस्था छ ।
कोभिड – १९ को खोप को तयारी बिश्वभरी महामारीको रुपमा फैलिएको कोभिड रोगको बिरुद्द को खोप आउनेछ ।अतिकम बिकसित देशहरुलाइ खोप उपलब्ध गराउन गाभि यूनिसेफको प्रयत्न हुनेछ ।
केही अनोपचारिक छलफल भैरहेका छन । भूटान भारत मालदिभ्स श्रीलंकाले आफ्नो तयारी बढाएको अबस्था छ । हाम्रो पनि गाभिको सहयोगमा Cold Chain Equipment Optimization Plan CCEOP स्वीकृत भई कार्यान्वयनमा आएको छ । Cold Chain Equipment Inventory CCEI अद्याबधिक आवश्यक छ । कोभिड १९ विरुद्धको खोप आएमा उक्त खोप प्रदान गर्न थप जनशक्ति थप कोल्डचेन क्षमता चाहिन्छ । त्यसैले अब कोभिड खोप सेवा प्रदान गर्ने समेतको संरचना बनाउन जरुरी छ ।
खोप सेवा अत्यावश्यक सेवा भएकोले संघ सरकाले नीति निर्माण योजना निर्माण खोप खरिद साझेदार सम्वन्ध खोप भन्डार बितरण अनुगमन मूल्याङकन प्रदेश स्थानीय सरकारले भण्डार बितरण कार्यक्रम कार्यान्वय अनुगमन मूल्याङकन कार्य गर्न आबश्यक देखिन्छ । आगामी दिनमा खोप सेवामा विज्ञ जनशक्ति अत्याधुनिक प्रबिधि अत्याधुनिक भोतिक संरचना सोही अनुसारको संघ प्रदेश स्थानीय तहको संगठन संरचना बनाउन आवश्यक देखिन्छ । खोप व्यवस्थापक, खोप बिज्ञ, कोल्डचेन बिज्ञ, सूचना प्रबिधि, मेकानिकल, इलेकट्रिकल लगायतका जनशक्तिको पूर्वानुमान सहितको संरचना आबश्यक छ ।
सम्पर्क इमेल : [email protected]