वीरगञ्जमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु, कुल मृत्युको संख्या ५५ पुग्यो
पर्सा, १६ साउन । वीरगन्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती दुई जनाको मृत्युपछि कोरोना पुष्टि भएको हो । एक जना भने पहिले नै पुष्टि भई आइसीयूमा राखिएका व्यक्ति हुन् ।
नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय पुरुषको बिहीबार बेलुका ७:४० बजे गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी ५ साउनबाट विभिन्न अस्पताल चाहारेका उनलाई १३ साउनमा गण्डक अस्पताल पुरयाइइएको थियो । १५ साउन बेलुका उनको ज्यान गएको हो ।
यस्तै वडा नम्बर २ छपकैयाका ७० वर्षीय पुरुषको घरमै सुतेको अवस्थामा मृत्यु भएको थियो । उनलाई ज्वरोको लक्षण भएको बताइएको छ । मृत्युपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरुको कोरोना परीक्षण रिपोर्ट बेलुका आएको हो । दुबैको पोजेटिभ छ ।
यस्तै गण्डक अस्पतालकै आइसीयूमा उपचाररत एक जना ५६ बर्षका पुरुषको पनि ज्यान गएको छ । मृतक जगदम्बा ग्रुपको सीईओ भएको बताइएको छ । उनी मुटुको विरामी समेत थिए । उनको बिहीबार राती साढे ११ बजे मृत्यु भएको डा उपाध्यायले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेका संख्या ५५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]