काठमाडौँ उपत्यकामा थपिए ५३ जना कोरोना संक्रमित
काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा आज थप ५३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका ४८ ललितपुरका ४ जना र भक्तपुरका १ जना गरी ५३ जना संक्रमित थपिएको बताए ।
यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]