चौविस घण्टामा देशभर थपिए १३३ जना कोरोना संक्रमित, १०७ जना डिस्चार्ज
काठमाडौँ, ९ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १३३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा ३ हजार ९८७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३३ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ९४७ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट आज थप एक जना बृद्धाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो संगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]