काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५, ललितपुरमा २ जना र भक्तपुरमा २ जनामा गरी ९ जना संक्रमित थपिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन् ।
पछिल्लो २४ घण्टामा थप १५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ ।
आज थप एक जनाको मुत्यु भएसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]