चौविस घण्टामा देशभर थपिए १४७ जना कोरोना संक्रमित, १५६ जना डिस्चार्ज

 

काठमाडौँ, ८ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १४७ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १४७ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन् ।

पछिल्लो २४ घण्टामा थप १५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ ।

यसैगरी आज थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको कोरोनाबाट हिजो राति मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थप एक जनाको मुत्यु भएसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *