चौविस घण्टामा देशभर थपिए १०० जना कोरोना संक्रमित, संक्रमितको संख्या १८ हजार नाघ्यो
काठमाडौँ, ७ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १०० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा ३ हजार ७७९ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०० जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।
अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त छन् ।
पछिल्लो २४ घण्टामा थप २०७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६८४ पुगेको छ ।
देशभरका बिभिन्न क्वारेनटिनमा २० हजार ८ सय ४२ जना रहेका छन् ।
आज थप दुईजनाको मुत्यु भएसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]