चौविस घण्टामा देशभर थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज
काठमाडौँ, ६ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १५० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ९६३ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १५० जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ।
अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त छन् । तीन जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६०९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ४७७ पुगेको छ ।
देशभरका बिभिन्न क्वारेनटिनमा २१ हजार ७ सय४ जना रहेका छन् ।
त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]