चौबिस घण्टामा देशभर थपिए १८६ जना कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौँ, ५ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १८६ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ ।  देशभरका  प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १८६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। आज सात वटा जिल्लामा कोरोनाको एक्टिभ संक्रमण सुन्य देखिएको छ । ५ सय बढी एक्टीभ संक्रमण भएको जिल्लाहरु तीन वटा भएको बताउँदै प्रवक्ता डा गौतमले भने, ‘ती जिल्लाहरु रौतहट, कैलाली र बाजुरा रहेका छन् ।’

पछिल्लो २४ घण्टामा थप १७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ ।

देशभरका बिभिन्न क्वारेनटिनमा २२ हजार २२८ जना रहेका छन् ।

त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *