बर्ष दिन अघिको मिर्गौला प्रत्यारोपणमा लफडा : डाक्टर सहित चार जना पक्राउ

चितवन, २७ असार । प्रहरीले भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन जना डाक्टर सहित चार जनालाई पक्राउ गरेको छ ।  स्रोतका अनुसार उनीहरुलाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रक्राउ गरिएको हो ।

स्रोतका अनुसार  पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, बालकृष्ण कालाखेती र कानुनी सल्लाहकार रमेश काफ्ले लगायतका छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेहरु प्रत्यारोपणमा सम्लग्न चिकित्सक र अस्पतालमा रहेको अंग प्रत्यारोपण समितिका सदस्यहरु हुन् ।

कलेजका एक कर्मचारीले चितवन प्रहरीको टोलीले सोधपुछका लागि भन्दै दिउसो दुई बजेतिर उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।

यो टोलीले ठ्याक्कै १३ महिना अघि (२७ जेठ २०७६) भक्तपुर – ६ निवासी ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

त्यसबेला उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दान गरेको बताइएको थियो । अस्पताल स्रोतले यहि केशको छानवीनमा प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्……

पुरानो मेडिकल कलेजमा फेरी शुरु भयो मिर्गौला प्रत्यारोपण

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *