देशभर थपिए १८० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १५ हजार ९६४

काठमाडौँ, २२ असार । पछिल्लो चौविस घण्टामा देशभर थप १८० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ७२१ वटा पीसीआर  परीक्षणका क्रममा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १८० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ११८जना उपचाररत छन् ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *